बलिउड चलचित्र ‘दंगल’ निर्देशन गरेका निर्देशक नितेश  तिवारीले आगामी चलचित्र "रामायण"मा अभिनेता ऋतिक रोशन र अभिनेत्री दिपिकाको जोडी बाँध्ने भएका छन् l थ्रिडीमा निर्माण गर्न लागिएको चलचित्रको बजेट तीन सय करोड छुटाइएको छ l रामायणका ‘फ्रन्ट–रनर’ दीपिका र ऋतिकका साथै चलचित्रका ‘ए लिस्टर’हरू ‘फाइनलाइज’ भइसकेका छन् । एकल निर्माणमा बनाउन लागेको उक्त चलचित्रको लगानीकर्ता मधु मन्तेनको रहेको छ l ड्रिम प्रोजेक्टको उपनाम दिएकी निर्माता मधुले चर्चित महाकाव्य "रामायण" लाई चलचित्रमा उतार्न लागेको भारतीय सञ्चारले उल्लेख गरेको छ l चलचित्र छायाङ्कनका लागि तयार भइसकेको छ ।