बहुप्रतिक्षित चलचित्र "के जी एफ २" को रिलिज मिति तय भएको छ l जुलाई १ अर्थात् नयाँ वर्ष साउन १ गते चलचित्र प्रदर्शनमा आउने भएको हो l यस राजको मुख्य भूमिका रहेको चलचित्रको कथा साथै निर्देशन प्रसनाथ निलको रहेको छ l केही समय अघि चलचित्रको ट्रेलर सार्वजनिक भएको थियो l पहिलो चलचित्रलेनै दर्शकलाई उत्साहित बनाएको थियो भने सिक्वेल २ को ट्रेलरले गर्दा झन् दर्शकलाई कौतुहलता बनाएको छ l अभिनेता यस राज सँगै चलचित्रमा सञ्जय दत्त,श्रीनिधि शेट्टी,रविना टन्डन ,गोविन्द गौडा लगायत कलाकारको अभिनय रहेको छ l चलचित्रमा बलिउड अभिनेता सञ्जय दत्त विद्रोही भूमिकामा प्रस्तुत भएका छन् l