‘गल्ली ब्वाई’मा काम गरी सकेका अभिनेता रणवीर सिंह र आलिया भाट्ट पुन : दोश्रो पटक स्क्रिन सेयर गर्दै छन् l निर्देशक करण जोहरको निर्देशनमा बन्न लागेको एक चलचित्रमा आलिया र रणवीरले काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेको छ । पहिलो पटक रणवीरले  जोहार सँग साझेदारी गर्न लागेका हुन भने आलियाले भने जोहारको प्राय चलचित्रमा काम गरी सकेकी छिन् l  आलियाले आफ्नो डेब्यू नै करणको निर्देशनमा बनेको चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’बाट गरेकी थिइन् । नाम नखुलाइएको चलचित्रको हाल स्क्रिप्टमा काम भइरहेको छ l