चलचित्र "आदी पुरुष"को सेटमा आगलागी भएको छ l मुम्बईको गोरे गाउँ क्षेत्रमा स्थित स्टुडियोमा मंगलवार भीषण आगलागी भएको हो l सर्ट सर्किटको कारण आगो लागेको भारतीय सञ्चारले उल्लेख गरेको छ l निर्देशकसहित टिम सुरक्षित छन् । यद्यपि ग्रिन स्क्रिन क्रोमा पूर्ण रूपले जलेको छ ।’  आगलागी बाट के कति क्षति भयो यस बारे चाही केही खुलाइएको छैन l चलचित्रमा बाहुबली प्रभास र सैफ अलि खानको मुख्य भूमिका रहेको छ  l "रामायण"को कथामा आधारित रहेको चलचित्रलाई  निर्देशक ॐ राउतले निर्देशक गर्दै छन् l