बलिउड चलचित्र "८३" जुन २५ मा रिलिज हुने भएको छ l  १९८३ मा जुन २५ मा भारतले क्रिकेट विश्वकप जितेको थियो । सोही दिनको अवसर पारेर सिनेमा रिलिज गरिँदै छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता रणवीर सिंह र दीपिका पादुकोण देखिएका छन् l क्रिकेटर कपिल देबको बायोग्राफी रहेको चलचित्रमा रणवीर कपिल र दीपिका कपिलको पत्नीको भूमिकामा प्रस्तुत भएका छन् l चलचित्रलाई कबिर खानले निर्देशन गरेका छन् l