बलिउड अभिनेत्री सनी लियोनी यती बेला वेब सिरिज "अनामिका"को सुटमा ब्यस्त छिन् l सुटमा ब्यस्त भएकी अभिनेत्री सन्नी माथि केही गुन्डाहरू आएर बबाल मच्चाएका छन् l वेब सिरिजको काम गर्ने भन्दै केही वर्ष अगाडी पैसा लिएको र काम नगरेको भन्दै सुट भइरहेको अवस्थामा आएर उनी माथि केही गुन्डाहरूले आक्रमण गर्न खोजेका हुन् l सो समय उनिलाई "अनामिका" निर्माण टिमले तत्काल सुरक्षा दिएको बताइएको छ l उनले उक्त सिरिजको ३८ लाख रुपैयाँ लिएकी थिइन l  यस समाचारलाई भारतीय सञ्चारले उल्लेख गरेको छ l उनी विरुद्ध उक्त कुरालाई लिएर केही वर्ष अगाडी नै दुई व्यक्तिले मुद्दा पनि हाली सकेका छन् l