भ्यालेन्टाइन डेको अवसर पारेर साउथ अभिनेता प्रभासको आगामी फिल्म "राधे श्याम" को टिजर सार्वजनिक भएको छ l टिजरमा प्रभास र पूजा हेगडेलाई प्रस्तुत गरिएको छ । रिलिज गरिएको सिनेमाको टिजरमा प्रभास लभर ब्वायको भूमिकामा देखिएका छन् । टिजरमा प्रभास र पूजा हेगडेलाई प्रस्तुत गरिएको छ । राधा कृष्ण कुमारको निर्देशन तथा लेखन रहेको सिनेमामा प्रभास र पूजासँगै भाग्य श्री, सचिन खेडेकर, कुनाल रोय कपूरलगायत कलाकारको अभिनय छ ।