बलिउड अभिनेत्री कंगना रनौट स्टारर चलचित्र "धाकड"को सुटिङ बिचैमा रोकिएको छ l काँग्रेस कार्यकर्ताले चलचित्र सेटमा हंगामा मच्चाए पछि निर्माण टिमले सुटिङ रोक्नु परेको थियो l किसान आन्दोलनविरुद्धमा कंगनाले दिएको बयानबाट भड्किएका काँग्रेस कार्यकर्ताले चलचित्रको सेटमा हंगामा मच्चाएका हुन् ।
कंगनाले माफी नमागे चलचित्रको सुटिङलाई अगाडी बढ्न नदिने काँग्रेस कार्यकर्ताले चेतावनी दिएका छन् l यस समाचारलाई भारतीय सञ्चारले प्रकाशित गरेको छ l
https://twitter.com/i/status/1360279058651643905