बलिउड अभिनेता शारुख खान र अभिनेत्री आलिया भाट्ट दोश्रो पटक सहकार्य गर्ने तयारीमा छन् l नयाँ चलचित्र ‘डार्लिङ्स’मा दोस्रो पटक सहकार्य गर्न लागेका शारुख र आलियाले यस अघि ‘डियर जिन्दगी'मा काम गरी सकेका छन् l एक आमा-छोरीको कथामा निर्माण गरिन लागिएको चलचित्रलाई शाहरुखको प्रोडक्सन हाउस रेड चिल्लीज इन्टरटेन्मेन्ट ब्यानरमा बनाउन लागिएको हो l जसमा आलिया मुख्य पात्रमा देखिनेछिन् भने शारुख भने यस पटक स्क्रिनमा देखिने छैनन् l उनी चलचित्रमा निर्माताको भूमिका निर्वाह गर्दै छन्। आलियासँगै सेफली शाह, विजया वर्मा र रोहण माथ्यूको चलचित्रमा अभिनय हुनेछ। जसमीत के रिनको निर्देशन राज रहने यस चलचित्रको छायांकन सन् २०२१ बाटै सुरु हुने भारतीय संचारमा उल्लेख गरिएको छ l