भारतिय टेलिभिजन सिरियल ‘छोटी बहु’की चर्चित पात्र रुविना दिलेकले कलर्स च्यानलको चर्चित रियालिटी सो ‘बीग बोस’को १४ औ संस्करणको उपाधि जितेकी छिन् ।आइतबार साँझ फिल्म सिटीमा भएको फाइनल प्रतियोगितामा राहुल वैद्यलाई हराउँदै उनी उपाधि जित्न सफल भएकी हुन् रुविनाले ट्रफीको साथ ३४ लाख नगद पाएकी थिइन भने सलमानले सबै प्रतियोगीहरूलाई १४ लाख रुपैयाँ लिएर सो छोड्ने विकल्प दिएका थिए l कलाकार राखी सावन्तले १४ लाख लिएर सोबाट बिदा हुने निर्णय लिएकी थिइन् ।बिग बोसको फस्ट रनर अप राहुल वैद्य बने भने तेश्रो स्थान निकी तम्बोलीले ओगटेकी हुन् l रुविनाले श्रीमान् अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।