बलिउड अभिनेता अमिर खान अभिनीत चलचित्र "पिके" ले बक्स अफिसमा कुनै बेला धमाका मच्चाएको थियो l २०१४ मा निर्देशक राजकुमारीको उक्त चलचित्रलाई दर्शक माझ लेराए l हिरानीको निर्देशन रहेको "पिके" ले अमिरको करियर लाई उठायो नै यसो त उनले गरेको भूमिकालाई पनि दर्शकले अत्यन्तै मन पराएका थिए l सोही चलचित्रका टिम फेरी पनि दर्शक माझ पिके को सिक्वेल ल्याउने तयारीमा छन् l निर्माता विधु विनोद चोपडाको अनुसार चलचित्रको सिक्वेलमा भने यस पटक मुख्य भूमिकामा हामीले रणवीर कपुरलाई देख्न पाउने भारतीय सञ्चारले उल्लेख गरेको छ l यद्यपि उनका अनुसार पटकथा लेखक अभिजित जोशीले अझैसम्म पटकथा लेखेका भने छैनन्। चलचित्रको अघिल्लो प्रिक्वेल अमिर मुख्य भूमिकामा थिए भने रणवीरको क्यारेक्टरलाई सस्पेन्समा देखाइएको थियो l अमिर सँग चलचित्रमा अनुश्का शर्मा, सुशान्त सिंह राजपुट लगायत कलाकारहरुको अभिनय रहेको थियो l