बलिउड कलाकार सोनु सुदले लकडाउनको समयमा थुप्रै प्रवासी मजदुरलाई उनीहरूको घरसम्म पुर्‍याउनका लागि काम गरे ।  उनको सहयोगी भावनाले उनलाई भारतीय जनताले धन्यवाद र आशीर्वाद दिइरहेका छन् भने सोनु थुप्रैको प्रेरणा पनि बनिरहेका छन् l सहयोग गर्न निरन्तर अघि बढ्ने सुद्ले एक नेपाली फ्यानलाई पनि सहयोग गर्ने भएका छन् l मधु पौडेल नाम गरेका व्यक्तिलाई सोनुले सहयोग गर्ने भएका हुन् lलठ्ठी टेकेर हिँडेको भिडियो पोस्ट गरेका मधुले १० वर्षदेखि ढाड दुख्ने समस्याबाट पीडित भएको र उपचारका लागि पैसा नभएको भन्दै सोनुको ट्विटरमार्फत सहयोग अपिल गरेका थिए l ट्विटलाई अभिनेता सोनुले मार्च १ मा रिट्विट गर्दै अभिनेता सोनुले लेखेका छन्, ‘अतिथि देव भवः हिन्दुस्तानबाट तपाईँ नेपाल फर्कँदा बिना लठ्ठी दौडेर जानुहुनेछ।’