साउथका सुपर स्टार प्रभाषको आगामी चलचित्र ‘आदिपुरुषको लुक्स सार्वजनिक भएको छ । प्रभासको ‘आदिपुरुष’ लुक्सको तस्बिर ट्वीटर मार्फत सार्वजनिक भएको हो l तस्वीरमा प्रभाषले क्याजुअल ड्रेसअपमा चस्मा लगाएका छन् । यो लुक्सलाई उनका फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । चलचित्रमा प्रभाष आदिपुरुषको भूमिका निर्वाह गर्दै छन्  । जहाँ अभिनेत्री कृति सेनन सीता बन्नेछिन् भने सैफ रावणको भूमिकामा प्रस्तुत भएका छन्  ।  "रामायण"को कथामा आधारित रहेको चलचित्रलाई  निर्देशक ॐ राउतले निर्देशनले गरेका छन्  l