चलचित्र ‘संदीप और पिंकी फरार’को दोश्रो ट्रेलर सार्वजनिक भएको छ l दिवाकर बेनर्जीको निर्देशन रहेको चलचित्रको ट्रेलरमा अर्जुन कपुर र परिणिती चोपडालाई देखाइएको छ l  यसअघि अर्जुन र परिणितीले ‘इशकजादे’ र ‘नमस्ते इंगल्याण्ड’मा सँगै अभिनय गरेका थिए।   सार्वजनिक ट्रेलरमा नेपालका केही दृश्यहरू पनि देख्न सकिन्छ l चलचित्रमा जयदीप अहलावत र नीना गुप्ताको पनि मुख्य भूमिकामा रहेको छ  नेपाल–भारत सीमानामा पर्ने बैतडी झुलाघाट नाका क्षेत्रमा चलचित्रको छायांकन गरिएको छ l यशराज फिल्म्सको ब्यानरमा बनेको चलचित्र यही १९ मार्चमा सार्वजनिक हुँदै छ।