बलिउड अभिनेत्री आलिया भट्टको आज जन्मदिन परेको छ l २७ औ वसन्त पार गरी आजबाट २८ वर्षमा प्रवेश गरेकी आलियाको जन्मदीनको अवसर पारेर उनको आगामी चलचित्र आर आरको फर्स्ट लूक्स सार्वजनिक गरिएको छ l लूक्स लाई आलियाले सामाजिक सन्जाल मार्फत शेयर गरेकी हुन् l सार्वजनिक गरिएको लूक्समा अभिनेत्री आलियालाइ देखाइएको छ l यस चलचित्रमा आलियाले सिताको भूमिका निभाएकी छिन l एसएस राजामौलीको निर्देशन रहेको चलचित्रमा आलिया सँग तेलुगु चलचित्रका दुई सुपरस्टारहरू जुनियर एनटीआर र रामचरण पनि पहिलो पटक स्क्रिनमा देखिँदै छन् । राजमौलीको चलचित्र बाहुबलीले बलिउड तथा अन्य देशहरूमा धमाका मच्चाएको थियो । यो चलचित्रलाई १० भाषामा रिलिज गर्ने जनाइएको छ ।