भारतमा कोभिडपछि रिलिजमा आएको बलिउड चलचित्र ‘रुही’ले बक्स अफिसमा औषत व्यापार गरेको छ । एक साता अघि मात्रै प्रदर्शनमा आएको चलचित्रले १६.४१ करोडको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।कोभिडपछि रिलिज भएको यो चलचित्रले औषत व्यापार गरे पनि बलिउडका ट्रेडहरूले यसलाई सुखद मानेका छन् ।  चलचित्रले बिहीबार ३.०६ करोड, शुक्रवार २.२५ करोड, शनिवार ३.४२ करोड, आइतबार ३.८५ करोड, सोमबार १.३५ करोड, मंगलबार १.२६ करोड र बुधवार १.२२ करोडको व्यापार गरेको छ l हरर जनरामा बनेको यो चलचित्रमा जानवी कपुर, राजकुमार राव, वरुण शर्मा लगायतका कलाकारको अभिनय छ । हार्दिक मेहेताको निर्देशन रहेको चलचित्रमा दिनेश भिजान र मिर्गदीप सिंह   लाम्बाको लगानी छ l