बलिउड अभिनेत्री रानी मुखर्जीको मुख्य भूमिकामा ‘मिसेस चटर्जी भर्सेस नर्वे’ निर्माण हुने भएको छ l रानी जन्मदीनको अवसर पारेर चलचित्र निर्माणको घोषणा गरीएको हो l ४३ औ जन्मदीनको मनाइरहेकी रानीले २५ बर्ष लामो बलिउड करिअरमा करिअरकै विशेष चलचित्र साइन गरेको भारतीय मिडियाले उल्लेख गरेको छ lरानीले यो चलचित्रलाई आफ्नो करिअरकै विशेष चलचित्र भनेकी छिन् । चाडै नै छायांकनमा जाने उक्त चलचित्र वास्तविक कथामा निर्माण हुन लागेको हो l चलचित्रले एक आमाको संघर्ष र लडाइको कथा भन्नेछ l