भारतमा‘६७ औँ नेशनल फिल्म अवार्ड’आयोजना घोषणा गरिएको छ l २०१९ मा रिलिज भएका चलचित्रहरूको आधारमा भारत सरकारले विभिन्न विधामा ‘नेशनल फिल्म अवार्ड’को घोषणा गरेको हो l उत्कृष्ट अभिनय , चलचित्र लगायत विभिन्न बिधामा छुटाइएको ६७ औँ नेशनल फिल्म अवार्डमा यस बर्षको उत्कृष्ट अभिनय अवार्ड धनुस् , कंगना रनावत र मनोज बाजपेयीले हात पारेका छन् l चलचित्र 'भोसले' मनोज बाजपेयी 'असुरन'बाट धनुषलाई 'मणिकर्णिका: द क्विन अफ झांसी' र 'पंगा'का लागि कङगनालाई पुरस्कार दिइएको हो l यसअघि कंगनाले सन् २००८, २०१४, २०१५ मा पनि ‘नेशनल फिल्म अवार्ड’ जितिसकेकी छिन् । उत्कृष्ट चलचित्रको अवार्ड चलचित्र ‘छिछोरे’ ले हात पारेको छ जसमा अभिनेता सुशान्त सिंह राजपुट र श्रद्धा कपुरको मुख्य भूमिका रहेको छ l यसै गरी तेलेगु भाषा चलचित्रमा 'असुरन' र 'जर्सी'ले उत्कृष्ट चलचित्र अवार्ड जितेको छ। 'मराक्कर: लाएन अफ द अरबियन'लाई उत्कृष्ट मलयालम चलचित्र घोषणा गरिएको छ।