आज बलिउड अभिनेत्री कंगना रनावटको जन्मदिनको परेको छ l सोही अवसर पारेर उनको आगामी चलचित्र ‘थलाइवी’को ट्रेलर सार्वजनिक गरिएको छ । भने अर्कातिर उनको आगामी चलचित्र ‘तेजस’को फर्स्ट लूक्स पनि निकालिएको छ l एक विजयको निर्देशन रहेको चलचित्रको ट्रेलरमा कंगनालाई तमिलनाडुकी दिवंगत मुख्यमन्त्री जय ललिताको भूमिका निभाएकी छन् lविष्णु वधन इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको ‘थलाइवी’मा कंगनासँगै साउथ सुपरस्टार अरविन्द स्वामीको पनि मुख्य भूमिका छ । अप्रिल २३ देखि रिलिज हुने चलचित्रलाई निर्माण टिमले हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज गर्दै छन् l भने अर्कातिर "तेजस" मा कंगना एयर फोर्सको वर्दीमा देखिएकी छन् । आरएसवीपी मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रमा सर्वेश मेवान्डाको लेखन तथा निर्देशन रहेको छ l