बलिउड अभिनेत्री कट्रिना कैफलाई कोरोना पोजेटिभ भएको छ l आफूलाई कोरोना पोजेटिभ भएको कैफले सामाजिक सन्जाल मार्फत व्यक्त गरेकी हुन् l ,‘मेरो कोभिड–१९ टेस्ट पोजेटिभ आएको छ । आफूलाई आइसोलेट गरेकी छु र घरमै क्वारेनटाइनमा छु । डाक्टरको सल्लाह अनुसार प्रोटोकल पालना गरिरहेकी छु । मेरो सम्पर्कमा आएका व्यक्तिहरूलाई आफ्नो टेस्ट गराउन अनुरोध गर्दछु ।’कट्रिना लेख्छिन् lबलिउडमा पछिल्लो समय रणवीर कपूर, कार्तिक आर्यन, सञ्जय लीला भन्साली, मनोज बाजपेयी,अक्षय कुमार, विक्की कौशल, भूमि पेडनेकर, सिद्धान्त चतुर्वेदी, तारा सुतारिया, सतिश कौशिक र अमित रविन्दरनाथ शर्मालाई कोरोना संक्रमण भइसकेको छ ।