बलिउड अभिनेता अभिषेक बच्चनको मुख्य अभिनय रहेको चलचित्र 'द बिग बुल' अहिले ओटीटी प्लेटफर्म डिज्नी हटस्टारमा प्रदर्शनमा आएको आइसकेको छ lशेयर मार्केटको कथामा तयार भएको चलचित्रमा अभिषेकसँगै इलियाना डिक्रूज, निकिता दत्ता र सोहम शाहको मुख्य भुमिका रहेको छ ।लामो समय पछि बच्चनले यही चलचित्र मार्फत बलिउडमा कम्ब्याक गरेका छन् l क्म्ब्याक गरेका अभिषेकको फिल्म हेरेर दर्शक उत्साहित भन्दा पनि बढी बच्चनलाई ट्रोल्लको सिकार गरी रहेका छन् l खास गरी उनको अभिनय र करियरलाई लिएर दर्शकले ट्रोल गर्छन् l यो चलचित्रमा पनि उनी त्यसैको सिकार भए l उनको अभिनय लाई ठर्ड क्लासको उपाधि दीरहेका छन् दर्शकले यती बेला l चलचित्रको कथालाई समीक्षकहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् l तर उनको अभिनय भने ..... l हालै एक सामाजिक सन्जाल प्रयोगकर्ताले उनको अभिनयलाई ठाडै नकारात्मक प्रतिक्रिया दीएका छन् l उली लेख्छन् ‘सधैँ जस्तो अभिषेक बच्चन बकवास देखिएका छन् । ‘द बिग बुल’मा आफ्नो सो कल्ड तेस्रो श्रेणीको अभिनयबाट तपाईँलाई निराश गर्दैनन् । प्रतीक गान्धीको ‘स्कैम १९९२’ यो भन्दा कहीँ गुना राम्रो छ’ l उक्त प्रयोगकर्ताले उत्तरमा बच्चनले पनि जवाफ फर्काएका छन् 'धन्यवाद दिँदै लेखेका छन्, ‘अरे साथी मेलै तिमीलाई निराश नगरेकोमा खुसी छु । हाम्रो चलचित्र हेर्नको लागि समय निकालेकोमा धेरै धेरै धन्यवाद ।’ कूकी गुलाटीले निर्देशन रहेको यस चलचित्रमा अभिनेता अजय देवगनको लगानी रहेको छ ।