२०२० कोरोनामय भए पनि २०२१ उक्त वर्षको तुलनामा भन्दा केही मध्यम रहेको छ l अङ्ग्रेजी वर्ष २०२० ले बिदा लिएको लगभग ४ महिना भइसक्यो l भने नेपाली वर्ष २०७७ बिदा भएर २०७८ भोलि बाट सुरु हुँदै छ l यो वर्ष कोरोनाका कारण चलचित्रहरू प्रदर्शनमा आएनन् स्वदेशमै होस् या विदेशमै l सिनेमा हलमा प्रदर्शनमा नआएता पनि अनलाइनमा भने केही चलचित्रहरू प्रदर्शनमा आए l चलचित्रले आम दर्शकलाई प्रशस्त मनोरञ्जन गरायो । राम्रा चलचित्र हेर्न पाए । अनलाइनमा प्रदर्शन भएका केही चलचित्रलाई दर्शक तथा श्रोताले मन पराए । २०२१ बिचमै गुगलमा सर्वाधिक खोजिएको आधारमा उत्कृष्ट आठ चलचित्रहरूको सुची यस्तो छ :

फ्रेन्च एक्जित 
अभिनेत्री मिसेल्स फाइफरले आफ्नो अभिनयमार्फत चलचित्रकी मुख्य पात्र फ्रान्सेसप्रति सहानुभूति र उदासिनता देखाएकी छिन् । एक धनी महिलाबाट गरिब बनेकी फ्रान्सेस आफ्नो हुर्किसकेको तर अपरिपक्व छोरा (लुकास हेजेज) लिएर पेरिस जान्छिन् । फाइफरको एउटा मोड नै चलचित्रको अकार्षणको केन्द्र हो ।

नाइट अफ द किंग्स
आइवरी कोस्टको रन–डाउन जेलमा खिचिएको भए पनि चलचित्रको कथा भने अफ्रिकन ग्रियट्स र स्हेरजाडमा आधारित छ । एकजना कैदीले रातभरि कथा सुनाउनुपर्ने हुन्छ नभए उसलाई मारिने परम्परा हुन्छ । यही परम्परामा चलचित्रको कथा बगेको हुन्छ ।
 

सुपरनोभा 
यो दुई समलिंगी पुरुषबीचको माया र मित्रताप्रति समर्पित ब्रिटिस चलचित्र हो । कोलिन फर्थ कन्सर्टमा पियानो बजाउछन् भने स्ट्यान्ले टुचि एक अमेरिकी लेखक हुन्छन् ।
 २० वर्षदेखि सँगै बसिरहेका उनीहरु अन्ततः सधैँका लागि छुटिनुपर्ने हुन्छ । किनभने स्ट्यान्ले डिमेन्सीया भन्ने रोगबाट ग्रसित हुन्छन् । त्यसपछि उनीहरु दुबैजना अन्तिम पटक इंगल्यान्डको लेक भन्ने ठाँउमा घुम्न र समय बिताउन निस्कन्छन् । 

 

एनदर  राउन्ड 
निर्देशक थोमस भिन्टरवर्गले लठ्याउने कमेडी र ड्रामाको ककटेललाई यसमा घोलेका छन् । यसका साथै उनले यसको समिश्रणमा पात्रप्रति सहानुभूति र सम्मान पनि दिन खोजेका छन् । चलचित्रको पृष्ठभूमि भनेको एक इतिहास पढाउने शिक्षक आफ्ना तीनजना सहकर्मीहरुसँग मिलेर कसैले थाहा नपाउनेगरि दिनभरि रक्सि खाने योजना बुन्छन् ।

 

नोम्याडल्यान्ड 
क्लो झाओले सन् २०१७ मा आएको चलचित्र ‘द राइडर’लाई पछ्याउँदै प्रायः हलिउडले वेवास्ता गर्ने सिमान्त अमेरिकी जीवनलाई प्रस्तुत गर्न खोजेकी छन् । लेखिका जेसिका ब्रुडरको किताबमा आधारित यस चलचित्रमा कलाकार फ्रान्सेस म्याकर्डोम्यान्डले फर्नको भूमिका निभाएकी छन् । उनी एक सेवानिवृत्त सन्तान नभएकी विधुवा हुन् ।तर, अरु सेवानिवृत्तहरु जस्तै उनले आफ्नै घर किन्न सक्दिनन् । त्यसैले उनी आफूलाई चाहिने केही सामान बोकेर पुरानो आरभी चलाएर समुद्र्र किनारामा जान्छिन् । चलचित्रका कलाकारहरुमा उनी एकमात्रै प्रोफेसनल कलाकार हुन् । चलचित्रको प्रायः दृश्यहरुमा उनी वास्तविक नोम्याड (घुमन्ते)हरुसँग अन्तरक्रिया गर्छिन्, जसले उनीहरुको आफ्नै अनुभव सेयर गर्छन् । निर्देशक क्लो र अभिनेत्री फ्रान्सेसले काल्पनिक र वास्तविकताबीच कुनै फरक देख्न दिएनन्

राया एन्ड द लास्ट ड्रैगन
रमाइलो र एक्सनले भरिएको डिज्नीको काल्पनिक प्राचिन एसियन कुमन्द्राको नामक एउटा ठाउँको कथा हो । चलचित्रकी मुख्य पात्र राया संसारको हरेक कुनाका मान्छेलाई एकजुट बनाएर व्रहमाण्डलाई बचाउन संघर्ष गर्छिन् ।
 चलचित्रमा एकअर्कामा विश्वास (ट्रस्ट) को महत्वलाई चित्रण गर्न खोजेको छ । रायाले आफ्नो बुबा र विश्वलाई बचाउन जीवित जादुयी ड्रैगनलाई भेटाउनुपर्ने हुन्छ । जसले नकारात्मक राक्षसी शक्तिलाई पराजित गरि विजयी प्राप्त गर्न सक्छ । यसैलाई भेटाउने यात्रा नै चलचित्रको मुख्य कथा हो ।