नायिका दिपीका प्रसाई र निर्देशक दिवाकर भट्टराईले बिबाहको पक्का गरेर कोर्ट म्यारिज समेत गरिसकेका छन् । उनै दिवाकर यतिबेला नयाँ चलचित्र लिएर आउने तयारी गरिरहेका छ्न् ।
करिब दुई वर्ष अघि नेपाली चलचित्र क्षेत्रमा छुट्टै माहोल बनाएको सफल चलचित्र 'छक्का पन्जा २' ले बैशाख १३ गतेको रि-रिलिज डेट तोकेको छ । एक त युट्युबमा सार्वजनिक नगरिएको चलचित्र 'छक्का पन्जा २'लाई दर्शकले पुन : साथ दिनेछन् भन्ने आशाका साथ निर्माण टिम प्रचारप्रसारमा व्यस्त पनि भयो तर यस पटक भएन बाजी अर्कैले मार्ने भएको छ ।
चलचित्र 'प्रेम गीत ३' बन्ने खबरसँगै यससँग जोडिएर आएका धेरै कुराको चर्चा परिचर्चा सुरु भएको छ । निर्माणको घोषणा र रिलिज डेट एकै दिन तोकेको आसुसेन फिल्म्सले न त कलाकारको बारेमा टुङ्गोको कुरा गरेको छ न त लोकेसनकै । तर कलाकारको विषयलाई लिएर यतिबेला चलचित्र नगरी तातेको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाले रोहित अधिकारीसँग सहकार्य गरी निर्माण गर्न लागेको चलचित्र 'छ माया छपक्कै' मा दीपकराज गिरी , केदार घिमिरे , जितु नेपाल लगायत कलाकार मुख्य भूमिकामा देखिने भनिए पनि नायिकाको रुपमा कसलाई लिने भन्ने आधिकारिक जानकारी आइसकेको छैन ।
चलचित्र 'प्रेम गीत' , 'प्रेम गीत २' जस्ता सफल चलचित्र बनाएको आसुसेन फिल्म्सको पाचौँ चलचित्र 'प्रेम गीत ३' बन्ने भएको छ । चलचित्र निर्माण सँगै प्रदर्शनको मिती पनि तोकिएको छ ।
आफ्नो सेन्स अफ ह्युमरका कारण समय समयमा चर्चामा आउने बलिउड अभिनेत्री ट्विङ्कल खन्ना यस पटक चर्चा सँगै विवादमा आएकी छिन् । भारतमा लोकसभा चुनाब भैरहेको बेला उनले दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालका समर्थकलाई निशानी बनाएर ट्विट गरेकी छिन् ।
पछिल्लो समय सरकारले पब्जी र बिभिन्न पोर्न साइटहरु बन्द गरेसँगै युवापुस्ता माझ मनोरन्जनको माध्यम 'टिकटक'लाई पनि प्रतिबन्ध लगाउने हल्ला चलिरहेको छ । यस हल्लाको समर्थन गर्ने र बिरोध गर्ने दुबैको जमात उस्तै छ ।
एउटा चलचित्रले राम्रो व्यापार गर्न नसक्नु र दर्शकले कलाकारले निभाएको भूमिकालाई नरुचाउनुले एउटा कलाकारको करीयर माथी कती असर पर्छ भन्ने कुरा यतिबेला प्रदिपले भोग्नु पर्ने हुन सक्छ ।
समयसमयमा विभिन्न कुराहरुलाई् लिएर चर्चामा आइरहने नायिका रेखा थापा राजनितिक फण्डाबाट पनि अछुतो छैन । राप्रपाको केन्द्रिय सदस्यमा राम्रो मतले बिजयी भएकी थापा यतिबेला विप्लव माओवादीमा प्रवेश गरेको हल्ला चलिरहेको छ ।
लामो समयपछी काठमाडौ फर्केकी नायिका मनिषा कोइरालाले नेपाली चलचित्रको विकासको बारेमा बोल्दै सुझाव समेत दिएकी छिन्। नेपाली चलचित्र कर्मीहरु व्यवसायिक भन्दा सिर्जनात्मक बन्नु पर्नेमा उनले जोड दिएकी छिन्।