पछिल्लो समय सिनेनगरीमा धेरै चलचित्र खेल्ने अभिनेताको रूपमा दयाहाङ्ग राईको नाम अगाडी आउँछ । गत बर्षमात्र उनी अभिनीत करिब आधा दर्जन बढी चलचित्रहरू प्रदर्शनमा आए ।
अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’का निर्माताहरू बिच यति बेला लफडा सुरु भएको छ ।
चलचित्र ‘छक्का पञ्जा ३’को तयारीमा व्यस्त भएका कलाकार दीपकराज गिरीले नयाँ कार किनेका छन् ।
अभिनय भन्दा पनि प्रेमको कारण बेलाबखतमा चर्चामा आउने नायिका हुन् मलिना जोशी । सन् २०११ मा मिस नेपाल जितेसँगै मलिना चलचित्र क्षेत्रमा सक्रिय छिन् । करिब ६ वर्षको सिने करियरमा मलिनाको नाममा एउटा पनि हिट चलचित्र छैन ।
केही समय अघि नायक सलिनमान बँनिया नयाँ अनटाइटल चलचित्रको लागी अनुबन्धित भएको समाचार बाहिरिएको थियो । पुराना निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्रमा नायिकाको तीव्र रूपमा खोजी भइरहेको बताइएको थियो ।
गत शुक्रवारबाट सिनेमा हलमा चलचित्र 'तिमीसँग' प्रदर्शनमा आएको छ । शिशिर राणाको निर्देशन र निर्माणमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको मुख्य भूमिका रहेको छ ।
भाेजपुरी सुपरस्टार पवन सिंहले अभिनेत्री अक्षरा सिंहलाई पिटेका छन् । सुटिङको क्रममा अभिनेत्री अक्षरा सिंहलाई मदिरा सेवन गरी पवन सिंहले पिटेको भारतीय मिडियाले उल्लेख गरेको छ ।
केही दिन अघि नायिका वर्षा सिवाकोटीले चलचित्र ‘नाई नभन्नु ल ५’ छोडेको भन्ने विभिन्न समाचारहरू सार्वजनिक भए ।
चलचित्र क्षेत्रमा कलाकारहरू एक अर्कासँग नबोल्नु नौलो कुरा होइन । बिशेषत नायिकाहरू कमैमात्र साथी भएको सुनिन्छ ।
केही समयदेखि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह विभिन्न कारणले विवादमा आइरहेकी छिन् । कहिले गाउँले रोल र कहिले संवेदशिल अङ्गमा खोपिएको ट्याटुको कारण सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको थियो ।