बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘ट्युबलाइट’ प्रदर्शनको क्रममा रहेको छ । चलचित्रको प्रमोसनमा व्यस्त अभिनेता सलमान खानले सन् १९८८ मा ‘बीवी हो तो ऐसी’ चलचित्रबाट बलिउडमा डेव्युु गरेका थिए । छोटो भुमिकामा देखिएका सलमानको करियर भने चलचित्र ‘मैने प्यार किया’बाट उकालो लागेको हो । यसै चलचित्रबाट राता
साउथका चर्चित स्टार अलु अर्जुनले हालै आफ्नो छोरालाई सार्वजानिक गरेका छन् । नयाँ चलचित्र ‘दुवड्डा जगन्नाथम’को अडियो लन्च कार्यक्रममा अर्जुन आफ्नो ३ बर्षीय छोराको साथमा पुगेका थिए । अर्जुनले सन् २०११ मा स्नेहासंग विवाह गरेका हुन ।
करिब १७ बर्ष एकसाथ रहेर अलग भएका बलिउडका चर्चित जोडी मलाइका अरोरा र अरबाज खान फेरि एकसाथ देखिएका छन् । औपचारिक रुपमा अलग भएपछि उनिहरुको यो पहिलो भेट हो । यी दुई परिवारका सदस्यसंग लन्च गर्नेसंगै पुगेका थिए । मलाइका आफ्नो आमा, बहिनीको साथमा पुगेकी थिइन् ।
बलिउड चलचित्र तथा टिभी अभिनेत्री कृतिका चौधरी मृत अवस्थामा फेला परेकी छन् । सन् २०१३ मा ‘रज्जो’ चलचित्रबाट बलिउडमा डेव्यु गरेकी चौधरीको शव उनको अपार्टमेन्टमा सडेको अवस्थामा भेट्टाइएको भारतिय मिडियाले बताएको छ । कृतिका मुम्बईको अँधेरी अपार्टमेन्टमा बस्दै आइरहेकी थिइन् ।
प्राय हिट चलचित्र पस्किदै आएका निर्देशन रोहित शेट्टीले बलिउडका सुपरस्टार सलमान खान र बाहुबली स्टार प्रभासलाई लिएर चलचित्र निर्माण गर्ने भएका छन् । बाहुबली २ को सफलता पछि प्रभास पछ्रिल्लो समयका व्यस्त अभिनेता हुन ।
नायिका अनुष्का शर्माले चलचित्र ‘रब ने बनादी जोडी’ बाट बलिउडमा प्रवेश गरेकी हुन । उक्त चलचित्रमा उनको अपोजिटमा शाहरुख खान थिए । डेव्यु चलचित्र शाहरुख खानसंग गरेकी अनुष्का त्यस लगतै ‘जब तक है जान’मा शाहरुखकै अपोजिट बनेर काम गरिन् । अब फेरि एकपल्ट शाहरुख र अनुष्का ‘जब ह्यारी मेट सेजल’मा देखा पर्ने छन्
विद्या वालन नयाँ चलचित्र 'तुम्हारी सुलु'को सुटिङको लागि १६ हजार वर्गफिटमा रेडियो स्टेशन निर्माण भैरहेको छ।
पछिल्लो समय बलिउड कलाकारको हलिउड प्रवेश बढ्दो छ । इरफान खान, प्रियंका चोपडा, दिपिका पादुकोण लगायतका केहि कलाकारले हलिउडमा आफ्नो पहिचान बनाइसकेका छन् । तर , हलिउड कलाकारको जति बिश्वभर आफ्नो पहिचान बनाउने कलाकार बलिउडमा छैनन् ।
सन् २०१४ मा रिलिज भएको सलमान खान अभिनित चलचित्र ‘किक’को सिक्वेल बन्ने भएको छ । भारतिय मिडिया अनुसार चलचित्रको यतिबेला स्क्रिप्टको काम भइरहेको छ । एक महिना पनि सलमानलाई उक्त स्क्रिप्ट दिईने छ । गोप्य तरिकाले कथाको काम भइरहेता पनि चलचित्रको बारेमा भने निर्माण पक्षले केहि जानकारी दिएका छैनन् ।
९० को दशकको सलमान खानको चर्चित चलचित्र ‘जुडुवा’ को सिक्वले निर्माण यतिबेला भैरहेको छ। बरुण धवन र ज्याक्लिन फर्नान्डेज मुख्य भूमिकामा रहेको चलचित्रमा ‘जुडुवा’ मा समावेश एक गीतलाई समावेश गरिने भएको छ।उक्त समय चर्चित बनेको गीत ‘टन टना टन’ लाई रिक्रिएट गरिन लागिएको हो ।