2083 बैशाख 11, शुक्रबार

‘पद्मावत’को पहिलो दिनको कमाई कति ?

सञ्जय लीला भन्सालीको निर्देशनमा तयार भएको चलचित्र ‘पद्मावत’ले यति बेला सिनेमा हलमा धमाका मच्चाइरहेको छ। लामो समयको विवाद पछि बिहीबारबाट प्रदर्शनमा आएको चलचित्रले सुरुको दिनमा धमाका ओपनिङ गरेको छ ।

करण जोहरलाई हुनसक्छ जेल सजाय !

बलिउड कलाकारहरू विवाद र ओलझेलमा परेको चर्चा निरन्तर सुन्नामा आइरहेको नै हुन्छ । यति बेला बलिउडका निर्देशक, निर्माता तथा कलाकार समेत रहेका करण जोहर जेल पर्न सक्ने खबरले बलिउड मिडिया तातेको छ । करण हाल एक रियालिटि सोमा जजको रूपमा व्यस्त छन् ।

'स्टुडेन्ट अफ दि ईयर २' मा टाईगर

बलिउड अभिनेता टाईगर स्रफ चलचित्र ‘स्टुडेन्ट अप दी ईयर २’ मा देखिने भएका छन् । चलचित्रलाई करण जोहरले निर्माण गर्ने भएका छन् । यस अघि करणले ‘स्टुडेन्ट अफ दि ईयर’ निर्माण एवंम् निर्देशन गरेका थिए । जुन सुपरहिट भएको थियो । यो सोही चलचित्रको सिक्वेल हो ।

किन हुँदैछ सामाजिक संजालमा अक्षयको चर्को आलोचना ?

बलीउड अभिनेता अक्षय कुमार ट्रोलको सिकार भएका छन् । गत सोमबार अक्षय प्याड म्यानको प्रमोसन गर्नका लागी दिल्ली युनीभरसीटी गएका थिए । प्रमोसन कै क्रममा उनले एक राजनीतिक दलको झन्डा बोकेको फोटो टुइट गरी 'यी लब्ली महिलाहरू 'प्याड'लाई कर रहित गर्न दौडीरहेका छन्' भनेर लेखेका थिए ।

टेलिभिजनमा फर्किदैछन् कपिल शर्मा

बलिउड अभिनेता अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’मा कपिलले छुट्टै गेम खेलाउने भएका छन् । भारतीय मिडियाको अनुसार अमिताभको आग्रह पश्चात् उनले उक्त सोमा फरक तरिकाले कार्यक्रम होस्ट गर्ने भएका हुन् ।

उर्भसी बनिन् ट्रोलको सिकार

जसमा उनको कालो कपडामा बोल्डनेस अब्तार देखिनुको साथसाथै ‘ कुन डीजाइनरले बनाएको लुगा लाएको हुँ’ भनेर लेख्दै सोधेको थिइन् । सोेही तस्बिरलाई लिएर उनका फ्यान हरूले उनलाई ट्रोलका सिकार बनाएका हुन् ।ि उर्भसीको तस्बिरलाई लिएर यति बेला सामाजिक सञ्जालमा चर्को आलोचना हुनुका साथै उनका पोस्टमा नराम्रा कमेन्टहरू

न्युयोर्कको सडकमा प्रियंकाको खुलेआम चुम्बनको चर्चा

प्रियंकाले टिभी सिरिज ‘क्वांटिको’को सिजन ३ को सुटिङको सिलसिलामा आफ्नो सह–अभिनेता एलन पावेललाई चुम्बन गरेकी थिइन । उक्त टिभी सिरिजमा प्रियंका एलेक्स पेरिस नामक अनुसन्धान अधिकृतको चरित्र निभाइरहेकी छिन् । न्युयोर्कको सडकमा अभिनयको क्रममा खिचिएको उक्त तस्बिर एकाएक भाइरल भएको हो । तस्बिरमा कालो पहिरनमा

हलिउड फिल्म ‘जुमाञ्जी’ले नेपालबाट कमायो करोड !

पछिल्लो समय नेपाली बक्सअफिसमा हलिउड चलचित्रको व्यापार राम्रो हुँदै गएको छ । डाउने जोन्सन स्टारर एक्सन, एड्भेन्चर र कमेडी ड्रामा ‘जुमान्जी ः वेलकम टु द जङ्गल’ उत्साहजनक समीक्षा र राम्रो अकुपेन्सीसहित चौंथो सातामा प्रदर्शन भइरहेको छ ।

बन्ने भयो क्रिस ४, २०२० मा रिलिज हुने

चलचित्रलाई राकेश रोशनले निर्देशन गरेका हुन् । बलिउड बक्स अफिसमा धमाका मचाएको यी चलचित्रको चौथो भाग हो क्रिस ४ । चलचित्रमा ऋतिकले अभिनेत्री प्रियंका चोपडा, प्रीति जिन्टा र कंगाना रनाउतले रोमान्स गरिसकेका छन् । तर अब क्रिस ४ मा को अभिनेत्री हुनेछिन् भनेर निर्माण पक्षले खुलाएको छैन ।

सुटिङ गर्दागदैँ घाइते भए अभिताव बच्चन

निर्माण युनिटले सेफ्टीको लागी सामान लगाउन आग्रह गर्दा पनि अमिताबले नमाने पछि उनी घाइते भएका हुन् । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।