बक्स अफिसको राजाको रूपमा बलिउड अभिनेता आमिर खानको नाम अगाडी आउँछ । उनी निर्मित प्राय चलचित्रले बक्स अफिसमा धुम मच्चाएको छ । फरक भूमिकामा हरेक पल्ट प्रस्तुत हुने आमिरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । भारतीय मिडिया अनुसार चलचित्रको नाम ’महाभारत’ रहेको छ ।
बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको जाेडीमा ’ब्रह्मास्त्र’ बन्ने भएको छ । भारतीय मिडियाको अनुसार चलचित्रलाई अयान मुखर्जीले निर्देशन गर्दै छन् । केही समय अघि अभिनेत्री आलिया भट्टले रणबीर, अयान र आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।
बलिउडमा राज गरेका तीन खान अर्थात् सलमान खान, अमर खान र शाहरुख खानको नाम अगाडी आउँछ । हरेक वर्ष सुपरहिट चलचित्र दिएका यी अभिनेताहरूसँग काम गर्न प्राय अभिनेत्रीहरू लालयित हुने गर्दछन् । तर बलिउडका यस्ता केही अभिनेत्रीहरू छन् जसले तीन खानसँग काम गर्ने नाई शब्दको उच्चारण गरेका थिए ।
ती सिनेकर्मीको हुलमा बरुण धवन पनि थपिएका छन् l हाल बरुण बाबु डेबिडको घर छाडेर आफ्नै घरमा बस्न थालेको खबर भारतीय मिडियाले बताएको छ l केही समय अघिदेखि मुम्बईमा घर खोजिरहेका बरुण हाल आफ्नी प्रेमीका नताशा दलालसँग समय बिताउने गरेका छन् ।
बलिउड अभिनेता अजय देब्गन आगामी चलचित्रमा देखिने भएका छन् । चलचित्रको नाम हो 'टोटल धमाल' । अजयले गत सोमबार ट्वीटरमा भोलि सुरु हुदैछ 'टोटल धमाल' भनेर ट्वीट गरेका थिए । चलचित्रलाई अशोक ठाकरिया र अजय मिलकरले संयुक्त रूपमा निर्माण गर्ने भएका हुन् ।
बलिउड अभिनेता सलमान खान नेपाल आउने समाचार केही दिन अघि बाहिरिएको थियो । नेपालमा सलमानलाई रुचाउनेको ठुलो जमात छ । कतिले सलमान आउने कुरा झुठो भएको समेत बताएका थिए ।
बहुप्रतिक्षित बलिउड चलचित्र ‘२.०’को रिलिज मिति घोषणा गरिएको छ । एस शङ्करको निर्देशनमा तयार भएको चलचित्र यही अप्रिल १४ मा रिलिज हुने भारतीय मिडियाले जनाएको छ ।
केही दिन अघि बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘केशरी’को पहिलो लुक्स सार्वजनिक गरिएको थियो । तर उक्त समय अभिनेता फाइनल भएता पनि अभिनेत्रीको भने टुङ्गो लागेको थिएन ।
केही दीन अगाडी उनले आफ्नो केही फोटो र बिग्रीएको अनुहारको भिडियो समाजीक संजालमा सेयर गरेर आफ्नो अनुहारलाई उनले सुन्तलासँग दाजेका थिए l आफुले धेरै सुन्तला खाएर आफ्नो अनुहार सुन्तला जस्तै गोलो भएको भनेर उनले रमाईलो फोटो पोस्ट गरेका थिए l उनले सार्वजनिक गरेको छोटो भिडियो १३ लाखभन्दा धेरैले हेरिसकेका छन्
मुम्बई पुलिसले सलमानको ज्यानलाई खतरा हुने सङकेत पाएको थियो l पुलिसले उनलाई शूटिंग गरिरहेको बेला रोकेर सुरक्षित स्थानमा जान आग्रह गरेका थिए l घटनालाई मध्य नजर राख्दै टाइट सेक्युरिटी साथ सलमान घर फर्केका हुन् l