बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम पोसपोण्ड भएको छ । फागुन २६ गते काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको ‘दबंग द टूर’ नामक कार्यक्रमको लागी सलमान नेपाल आउने लागेका थिए ।
बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । हार्टअट्याकको कारण उनको निधन दुबईमा भएको हो । ५४ वर्षकी श्रीदेवी एक विवाहमा सामिल हुन श्रीमान् र छोरीको साथमा दुबई पुगेकी थिइन् ।
बलिउड चलचित्र ‘बाघी २’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन थ्रिलर चलचित्रको ट्रेलरमा अभिनेता टाइगर श्रोप खतरनाक रूपमा प्रस्तुत भएका छन् ।
बलिउडको चर्चित ब्यान्ड ‘सनम’ले नेपालमा कन्सर्ट दिने भएको छ । युट्युबमा दर्जन बढी बलिउड गीतहरू गाएर चर्चित बनेको यो ब्यान्ड यही फागुन १९ गते शनिवार जाउलाखेल ग्राउन्डमा आफ्नो प्रस्तुति दिने भएका छन् ।
२०१७ मा विवादित बनेका कपिल शर्मा फेरी टेलिभिजन मार्फत फर्किने भएका छन् । केही समय चलचित्र र विवादमा रुमलिएका कपिलले कमेडीबाट ब्रेक लिएका थिए l हालै मात्र भारतीय संचारमाध्यमका अनुसार कपिलले नयाँ शो लिएर आउने खबर बाहीरीएको हो जसको पोष्टर पनि सार्वजनिक भइसकेको छ l
बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र ‘परी’को ट्रेलर सार्वजनिक भएको छ । हालै युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा अनुष्कालाई भयानक रूपमा प्रस्तुत गरिएको छ ।
केही दिन देखि सामाजिक सञ्जालमा केरलाकी कलाकार प्रिया प्रकाश भाइरल बनिरहेकी छिन् । उनको तस्बिर र भिडियोहरूले सामाजिक सञ्जालका भित्ताहरू भरिएका छन् । तर प्रियालाई समस्या थपिएको छ ।
आज शुक्रवार नेपाली सिनेमा घरमा एक नेपाली र एक बलिउड चलचित्र प्रदर्शनमा आएको छ । जसमा नायक अनमोल केसी अभिनित चलचित्र 'कृ' र बलिउड अभिनेता अक्षय कुमार अभिनित 'प्याडम्यान' रहेको छ ।
चलचित्रलाई राज्कुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रमा अजयलाई अभिनेत्री इलीयाना डीक्रुजले साथ दिएकी छिन ्। सत्य घटनामा आधारित चलचित्रको ट्रेलरमा अजय र इलियाना क्लासिक लुक्समा देखिएका छन् ।
गीतको शब्दलाई प्रियंका स्वयम्ले लेखेकी छिन् । हालै उनले दिएको एक अन्तर्वार्तामा उनले यो गीत आफ्नो जीवनको कठिन समयमा लेखेको र गीतमा युवा र स्वतन्त्रतासँगको सम्बन्ध बयान गरेको बताएकी छन् । सो गीतमा प्रियंकाको आवाज लाई हलीउड गायक विल स्पार्कले साथ दिएका छन् ।