बलिउड चलचित्र 'बागी ३' को पोस्टर सार्वजनिक भएको छ । एक्सन स्टार टाइगर श्रफ स्टारर चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेता टाइगर फिचर्ड छन् ।
जनवरी १० बाट प्रदर्शनमा आएको बलिउड चलचित्र 'तान्हाजी' यति बेला निकै चर्चामा छ । अभिनेता अजय देवगन अहिले आफ्नो १०० औँ चलचित्रले बक्स अफिसमा २५० करोडको आँकडा पार गरिसकेको छ ।
नेपाल आउन लागेका भारतीय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहरालाई दिल्ली एयरपोर्टमा रोक लगाइएको छ ।
बलिउड अभिनेता अक्षय कुमारको नयाँ चलचित्र ’बेल बटम’ बन्ने भएको छ । अक्षयको यसै चलचित्रबाट अभिनेत्री कृति सेननकी बहिनी नुपुर सेननले डेब्यु गर्ने भएकी छिन् ।
बलिउड चलचित्र 'भूत' को पोस्टर सार्वजनिक भएको छ । विक्की कौशल अभिनीत दुई चलचित्र मध्ये पहिलोमा विक्कीलाई भूतले तानिरहेको देखाइएको छ ।
बलिउड अभिनेता अक्षय कुमार स्टारर चलचित्र 'अत्रंगीरे' बन्ने भएको छ । यस चलचित्रमा अक्षय कुमारसँगै धनुष र सारा अलि खानको भूमिका रहने भारतीय मिडियाले उल्लेख गरिरहेका छन् ।
बलिउड चलचित्र 'राधे' को क्लाइमेक्स दृश्य खिच्नको लागि बाह्र करोड रुपैयाँ खर्च भएको छ । सलमान खानको प्रतीक्षित यस चलचित्रको २० मिनेटको क्लाईमेक्स सिन खिच्न यती ठुलो रकम खर्च भएको हो ।
बलिउडका चर्चित अभिनेता सलमान खान एकाएक विवादमा आएका छन् । खानले मङ्गलवार गोवा एयरपोर्टका कर्मचारीको हातबाट मोबाइल फोन खोसेपछि विवादमा परेका हुन् ।
तेस्रो नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) आयोजना हुँदै छ । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजनामा फागुन १ देखि ५ गतेसम्म काठमाडौँको राष्ट्रिय सभागृहमा फेस्टिभल आयोजना हुनेछ ।
अमिर खानको नयाँ चलचित्र 'लाल सिंह चड्ढा' को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता अमिरलाई लामो दारी, टोपीमा हातमा गिफ्ट लिएको शिख अवतारमा देखाइएको छ ।