चलचित्र निर्माता धर्मा प्रोडक्सनले एउटा भिडियो जारी गरेको छ, जसमा भिडियोमा अक्षय कुमार र दिलजीत दोसांझ प्रसव पीडा महसुस गर्नका लागि एउटा परीक्षण गरिरहेको देख्न सकिन्छ ।
यस पटकको इदमा अभिनेता अक्षय कुमारसँग मुकाबिला हुने भएको छ । २०२० को इदमा सलमानको ‘राधे’ र अक्षयको ‘लक्ष्मी बम्ब’ प्रदर्शनमा आउने भएका हुन् ।
वरुणले नायिकाद्धय कियारा आडवाणी र भूमि पेडनेकरसँग चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ ।
रणवीर सिंह स्टारर चलचित्र 'जयशभाई जोरदार' आगामी वर्ष प्रदर्शनमा आउने उनको प्रतीक्षित चलचित्र हो । यस चलचित्रमा रणवीरले तेलुगु अभिनेत्री शालिनी पाण्डेसँग स्क्रिन सेयर गर्ने पक्का भएको छ ।
बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाको सबैभन्दा सेक्सी महिला बनेकी छिन् । आलिया पहिलो स्थानमा छिन् भने दीपिका पादुकोण दोस्रो स्थानमा छिन् ।
हालै एक अवार्ड समारोहमा शाहिदले अवार्ड नपाएपछि कार्यक्रमको बिचबाटै उठेर हिँडेको खबर बाहिरिएको छ । अवार्ड समारोहमा शाहिदको परफर्मेन्स पनि रहेको थियो ।
बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीकी २६ वर्षीय बहिनी सायमा तमशी सिद्दीकीको निधन भएको छ ।
बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र 'छपाक'को ट्रेलर सार्वजनिक भएको छ । एसिड पीडितको कथामा बनेको चलचित्रमा दीपिकाले एसिड पीडित युवती मालतीको भूमिकामा देखिएकी छन् ।
भारतका चर्चित कमेडियन कपिल शर्मालाई पुत्री लाभ भएको छ । मङ्गलवार बिहानै उनकी श्रीमती गिन्नी चतरथले छोरीलाई जन्म दिएकी हुन् ।
गत शुक्रवारबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘पति पत्नी औ वो’ ले सुखद व्यापार गरिरहेको छ ।