आदित्य रोय कपुर, दिशा पटानी तथा अनिल कपूर स्टारर चलचित्र 'मलाङ' को पोस्टर रिलिज भएको छ ।
सानदार ओपनिङ गरेको चलचित्रले प्रदर्शनको ६ दिनमा नै सय करोड कमाउन सफल भएको छ ।
उनलाई सम्मान स्वरूप हरेक वर्ष बलिउडका पिता मानिने निर्माता, निर्माता एवं लेखक धुढिराज गोविन्द फाल्के उर्फ दादा साहेब फाल्केको नामको पुरस्कार दिइएको छ ।
चर्चित बलिउड अभिनेत्री मल्लिका सेरावत नेपाल आएकी छिन् । नयाँ वर्ष मनाउन उनी शनिवार नेपाल आइपुगेकी हुन् ।
बलिउडकी एक चर्चित अभिनेत्री दीपिका पादुकोण द्रौपदी बन्ने भएकी छिन् । निर्देशक नितेश तिवारीले बनाउने महाभारतमा आधारित चलचित्रमा उनी द्रौपदीको भूमिकामा देखिने भएकी हुन् ।
प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको थियो भने ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार दोस्रो दिन शनिवार २१ करोड ७८ लाख कमाइ गरेको छ ।
चर्चित भारतीय टेलिभिजन कलाकार कुशल पन्जाबीको मृत्यु भएको छ । ३० भन्दा बढी टेलिसिरियलमा काम गरिसकेका उनलाई मुम्बईको वाली हिलमा रहेको आफ्नै घरमा मृत अवस्थामा भेटिएको भारतीय मिडियाले जनाएका छन् ।
यो साता पनि कुनै नेपाली चलचित्र प्रदर्शनमा आएनन् । अघिल्लो साता प्रदर्शनमा आएको सल मान खान स्टारर चलचित्र 'दबंग ३'ले हल कब्जा गरिरहेकै बेला अर्को प्रतीक्षित चलचित्र ‘गुड न्युज’ प्रदर्शनमा आएको छ ।
बलिउड नायक सलमान खानको आज जन्मदिन परेको छ । उनी आजबाट ५४ वर्षमा प्रवेश गरेका छन् । खानले भाइ सोहेल खानको घरमा जन्मदिन मनाएका छन् ।
बलिउड चलचित्र 'गुड न्युज' भोलि शुक्रवारबाट प्रदर्शनमा आउँदै छ । अक्षय कुमार, करिना कपुर खान, कियारा आडवाणी र दिलजित दोसाँझ स्टारर चलचित्र निकै प्रतीक्षित बनेको छ ।